काठमाडौ –भक्तपुरको घ्याम्पेडाँडा पिकनिकको लागि जाँदै गरेको बा ५ ख ४२८६ नम्बरको बस दुर्घटनामा परेको हो मदन भण्डारी मेमोरियल कलेजका विद्यार्थी चढेको बस दुर्घटना हुँदा २२ जना घाईते भएका छन्। उक्त बस सडकमै पल्टिएको प्रहरीले जनाएको छ।
घाईते शिक्षक तथा विद्यार्थीहरुमध्ये २० जनाको डाक्टर इवामोरा अस्पताल सल्लाघारी र २ जनाको भक्तपुर अस्पतालमा उपचार भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख एसपी सविन प्रधानले जनाएका छन्।