काठमाडौं– शहिद स्मारक ए डिभिजन लिगको लागि ब्रिगेड ब्वाइज क्लबले आफ्नो टोलीको घोषणा गरेको छ। टोलीको कप्तानी भने राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान अनिल गुरुङले समहाल्ने भएका छन्।
घोषित ब्वाइज क्लबको टोलीमा कप्तान अनिलसँगै विजय गुरुङ, उत्तम गुरुङ, जय गुुरुङ, सुवित कार्की, मनोज राई, रजत तिवारी, रोशन राना मगर, रन्दीप पौडेल, ऋतिक खड्का रहेका छन्।
त्यस्तै पदम भट्टाराइ, व्रिजेश चौधरी, शिशिर लेखी, विशाल सुनार, एन्जल महर्जन, पृथ्वी चौधरी, रोशन दोङ, जिवन भट्टराई, दिपेङ्क राज सिंह, ताजुद्दिन बुसारी, जर्ज विन्सेन्ट, ओलाकेजी इशाक ऐरीले पनि ब्रिगेड ब्वाइजमा स्थान बनाएका छन्।
क्लबको प्रशिक्षकमा खगेन्द्र पुन, टिम व्यवस्थापकमा अर्विन गुरुङ र कार्यवाहक अध्यक्ष लालकुमार पुन रहेका छन्। क्लबले पछिल्लो सिजनबाट केहि अनुभवी खेलाडी थप्दै लिगका लागि बलियो टोली घोषणा गरेको हो। क्लबले यसपटकको लिगमा शीर्ष पाँचमा पर्ने लक्ष्य राखेको छ।