काठमाडौं– कुमारी बैंक लिमिटेडको नयाँ शाखा सिन्धुपाल्चोकस्थित मेलम्चीमा खोलिएको छ। कुमारी बैंक लिमिटेडले शुक्रबार मेलम्ची शाखाको औपचारिक उद्घाटन सम्पन्न गरेको छ।
बैंकका प्रमुख कार्यकारी अधिकृत, स्थानीय व्यापारिक समुदाय, वासिन्दा लगायत बैंकका कर्मचारीको उपस्थितिमा बैंकका सञ्चालक कृष्णप्रसाद ज्ञवाली तथा मेलम्ची नगरपालिकाका मेयर डम्बर बहादुर अर्यालद्वारा उक्त शाखा संयुक्त रुपमा उद्घाटन भएको छ।
बैंकले यो क्षेत्रका व्यवसायी, उद्यमी तथा स्थानीयलाई सहज रुपमा बैंकिङ्ग सेवा र्पुयाउने उद्देश्यले उक्त शाखा विस्तार गरेको हो। बैंकले आगामी दिनहरुमा थप शाखाहरु विस्तार गरेर आधुनिक बैंकिङ्ग सेवा र्पुयाउने योजना बनाएको छ।