एजेन्सी– संसार नै जलवायु परिवर्तनको जोखिममा रहेको भनि लगातार बहस भइरहेको छ। र, बेलाबेलामा यससम्बन्धी घटना सार्वजनिक हुने गरेका छन्। यस्तै आश्चर्यको घटना बाहिर आएको छ। संसारको सबैभन्दा फराकिलो झरना भिक्टोरिया वाटरफल (झरना) आधाभन्दा बढी सुकेको छ।
रिपोर्टअनुसार भिक्टोरीया झरनाको ५० प्रतिशत बढी पानी सुकेको छ। दक्षिण अफ्रिकामा जाम्बिया र जिम्बाब्वेबीच सीमा विभाजनको काम गर्ने भिक्टोरिया झरनाको पानी निकै कम भएको हो।
जाम्बियाका राष्ट्रपतिले यस घटनालाई जलवायु परिवर्तनको असरको रुपमा लिएका छन्। यहाँको पानी यति धेरै सुकेको २५ वर्ष यताकै पहिलो घटना रहेको अन्तर्रा्ष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।
यो झर्नामा रमाउन संसारभरबाट वार्षिक हजारौँ पर्यटक आउने गर्छन्। जाम्बियन राष्ट्रपति, एडगर चगवा लुन्गुले भनेका छन्, जलवायु परिवर्तनको प्रभावलाई वास्तवमै महसुस गरिरहेका छौँ । र, झरनामाथि यसको असर देखिएको छ।(एजेन्सीको सहयोगमा