काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपाललाई पदक दिलाउने खेलाडी तथा पदाधिकारीहरुको नगरपरिक्रमा शुरु भएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) को पसरसरबाट हुरु भएको ¥यालीले उपत्यकाका तीनै जिल्ला काठमाडौं, ललितपुर भक्तपुरका विभिन्न स्थानमा परिक्रमा गर्नेछ।
राखेपका अनुसार नगरपरिक्रमा कार्यक्रम न्युरोड, ईन्द्रचोक, मखन, भोटाहिटी, रत्नपार्क, भृकुटीमण्डप, भद्रकाली, सिंहदरबार, थापाथली, पुल्चोक, जावलाखेल, लगनखेल, सातदोबाटो, कोटेश्वर, जडिबुटी, नयाँ थिमी, सल्लाघारी, सूर्यविनायक चोकमा पुग्नेछ।
सूर्यविनायक चोटबाट टोली पुन सल्लाहघारी, नयाँ थिमी, जडिबुटी, कोटेश्वर, तीनकुने, नयाँ बानेश्वर, थापाथली हुँदै राखेप प्राङ्गणमा आएर टुंगिने बताइएको छ। सरकारले यसअघि सागका पदक विजेता खेलाडीलाई नगदसहित सम्मानको घोषणा गरेको थियो।
सागमा एकल विधामा स्वर्ण विजेतालाई ९ लाख, रजतलाई ६ लाख र कास्यलाई ४ लाख घोषणा गरिसकेको छ। यस्तै एक भन्दा बढी स्वर्ण विजेता खेलाडीलाई ११ लाख घोषणा गरिएको थियो।