काठमाडौँ, १८ माघ – २३ दिनदेखि आमरण अनशनमा बसिरहेका प्रा.डा. गोविन्द केसीको समर्थनमा आवासीय चिकित्सकहरुले निकालेको र्यालीमा प्रहरीको हस्तक्षेप गरेको छ।
डा. केसीको समर्थनमा शिक्षण अस्पतालका चिकित्सकहरुले निकालेको र्यालीमा हस्तक्षेप गरी १७ चिकित्सकलाई प्रहरीले पक्राउ गरेको छ।
शिक्षण अस्पताल बाहिर शान्तिपूर्ण प्रदर्शन गरिरहेका चिकित्सकलाई पक्राउ गरेको रेजिडेन्ट डाक्टर एशोसिएशनका अध्यक्ष डा. सुमित पाण्डेले बताएका छन्।
अध्यक्ष पाण्डेसँगै डा. विशाल अग्रवाल, डा. अमित शर्मा, डा. हेमन्त बास्तोला, डा. बद्री अर्याल, डा. राजन लामिछाने, डा सिद्धार्थ भण्डारी, डा. उपमा श्रेष्ठ, डा. कविता मानन्धर, डा. अमिर श्रेष्ठ, डा. आकाश शेर्पाली, डा. आनन्द सिंह, डा. पदम जोशी, डा. समीर चापागाई, डा. विश्वराज तिम्सिना, डा. अपूर्व आचार्य लगायत अन्य विद्यार्थीहरुलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ परेका सबै चिकित्सकहरुलाई नेपाल पुलिस क्लबमा राखिएको छ।
