एजेन्सी– फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) का युवा स्टार किलियन एमबाप्पे र प्रशिक्षक थोमस टुचेलबीच मनमुटाव बढेको बताइएको छ। उनीहरुबीचको बिग्रँदो सम्बन्धले क्लबलाई भने प्रतक्ष्य असर पार्ने देखिएको छ।
प्रशिक्षक टुचेललले आइतबारको खेलमा पनि एमबाप्पेलाई परिवर्तन गरेपछि एमबाप्पे आक्रोशित भएका छन्। टुचेलले बोल्न चाहेपनि एमबाप्पे बेवास्ता गर्दै अगाडि बढेका थिए। प्रशिक्षकसँगको सम्बन्धका कारण एमबाप्पेले क्लबसँग नयाँ सम्झौता नगर्ने भएका छन्। स्पेनिस रेडियो स्टेसन क्यदेनाका अनुसार एमबाप्पेले अब रियल म्याड्रिडबाट खेल्ने मनसाय बनाएका छन्।
पीएसजी र एमबाप्पेबीच हाल सन् २०२१ सम्म सम्झौता रहेको छ। क्लबले उनलाई पटक पटक नयाँ प्रस्ताव राखेपनि एमबाप्पेले स्वीकार गरेका छैनन्। उनलाई क्लबले हाल पाइरहेको भन्दा दोब्बर रकमको प्रस्ताव गरेपनि उनले अस्विकार गरेका छन्।