एजेन्सी– लोकसभा र राज्यसभा दुवैबाट पारित भएको नागरिकता संशोधन विधेयक २०१९ को कारण असममा प्रदर्शन जारी छ। प्रदर्शन हिंस्रक बन्दै गएको छ।
प्रदर्शनकारीले सवारीसाधनमा आगो लगाएका छन्। अबस्थालाई नियन्त्रणमा लिन प्रदर्शनकारीमाथि प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ। त्यस्तै हजारौं सुरक्षाकर्मी परिचालन गरिएको छ। बिहीवार साँझ गोली लागेरर दुई जना प्रदशनकर्मीको मृत्यु भएको छ।
शान्ति कायम गर्नको लागि असमका मुख्यमन्त्री सर्नानन्द सोनोवालले आह्वान गरेका छन्। त्यस्तै उनले स्थानीय बासिन्दाको अधिकारमा कुनै आँच नआउने बताउँदै भड्काउमा नआउन आग्रह गरेका छन्।
प्रधानमन्त्री नरेन्द्र मोदीले आमजनतालाई शान्त रहन अनुरोध गरेका छन्। विधेयकले पाकिस्तान, बंगलादेश र अफगानिस्तानमा धार्मिक रूपमा पीडित हिन्दु, बौद्ध, शिख, जैन, पारसी र ईसाइ धर्मावलम्बीलाई नागरिकता दिने प्रस्ताव छ।
बुधवारदेखि असममा इन्टरनेट सेवा बन्द गरिएको छ। छिमेकी राज्य मेघालयमा पनि बिहीवार इन्टरनेट बन्द गरिएको छ।