काठमाडाैँ– टीभीएसले नेपालमा सबैभन्दा सस्तो दुईपाङ्ग्रे सवारीको रुपमा एक्सएल १०० को बिक्री वितरण गर्दै आएको छ। नेपालको लागि टीभीएसको आधिकारीक वितरक जगदम्बा मोटर्सले एक्सएल १०० बिक्री गर्दै आएको हो।
कम्पनीले विशेषत सामान ओसार पसार गर्ने व्यक्ति वा कम्पनीलाई मध्यनजर गर्दै एक्सएल १०० नेपाली बजारमा ल्याएको बताएको छ। ७० सीसी एयर कुल्ड काब्र्रुरेटर इन्जिन दिइएको एक्सएल १०० ले ६७ किलोमिटर माइलेज दिने एआरएआईले प्रमाणित गरेको छ।
यसमा दिइएको ६००० आरपीएममा ४.३ बीएच पावर र ३५०० आरपीएममा ६.५ एनएम टर्क प्रदान गर्छ। यसमा ४ लिटरको फ्यूल ट्याङ्की दिइएको छ। करिब ८० केजी तौल रहेको यो मोटरसाइकलको लम्बाई २०२० एमएम, चौडाई ७५० एमएम, उचाई १११० एमएम र सिटहाईट ७७० एमएम रहेको छ।
कम्पनीले यसको नेपाली बजारमा १ लाख १५ हजार ९०० रुपैयाँ तोकेको छ ।