काठमाडौं– नेपालमा गाडी बनाउन वैदेशिक लगानी ल्याउने घोषणा गरेको मोट्रेक्सले लगानी बोर्डसँग सम्झौँतापत्रमा हस्ताक्षर गरेको छ। मोट्रेक्सले प्रस्ताव गरेको १० अर्व ५४ करोड लगानीलाई ल्याउन पहिलो चरणको सम्झौँता लगानी बोर्डले गरेको हो।
अब कम्पनीले प्लान्ट स्थापनाको लागि आवस्यक प्रकृया सुरु गर्नेछ। ‘हामीले नेपालमै प्यासेन्जर कार बनाउँछु भनेर आएको मोट्रेक्ससँग सुरुवाति सम्झौँता गरेका छौं’ लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले मेरोअटोसँग भने।
अधिकारीका अनुसार मोट्रेक्सले कोरियन कुनै एक ब्राण्डको गाडी बनाउन प्रस्ताव गरेको र आफुहरुले उसको उक्त प्रस्ताव अनुसार सम्झौंता गरेको हो। यदी कोरियन ब्राण्ड नपाएको खण्डमा अन्य कुनै ब्राण्ड ल्याउने विषय सम्झौँतामा उल्लेख गरिएको छ।
बोर्डसँग भएको सम्झौता अनुसार वातावरणिय प्रभाव मूल्यांकन सकिएको ३ वर्ष्भित्र प्लान्ट स्थापना गरी मोट्रेक्सले गाडी उत्पादन सुरु गर्ने उल्लेख गरिएको छ।