काठमाडौं— गृहमन्त्री रामबहादुर थापाले भातरले हालै सार्वजनीक गरेको राजनीतीक नक्साको अनुसार ३ सय ७२ किलोमिटर नेपाली भुभाग मिचिएको जनाएका छन्।
संसद्को अन्तर्रा्ष्ट्रिय सम्बन्ध समितिले कालापानी, लिम्पियाधुरा र लिपुलेक भारतकको नक्सामा समेटिएको बिषयमा छलफल गर्न शुक्रवार गृहमन्त्री थापालाई बोलाएको थियो। बैठकमा गृहमन्त्री थापाले भारतीय पक्षबाट नेपालको ३ सय ७२ किलोमिटर सीमा मिचिएको बताएका हुन्।
उनको अनुसार भारतसँगको खुला सीमा सुरक्षाका लागि ३७ हजार सशस्त्र प्रहरी खटाएपनि त्यो पर्याप्त भएको छैन्। उनले नेपालले सीमा सुरक्षाका लागि सुरक्षा बलको विस्तार गर्ने योजना बनाइरहेको र ७० वटा नयाँ पोस्ट राख्न लागेको जानकारी दिए।