काठमाडाैँ– लोकप्रिय म्यासेजिङ एप भाइवरले हाम्रो पात्रोसँग साझेदारी गरेर हाम्रो राशिफल च्याटबटको प्रारम्भ गरेको छ।
यसको प्रयोग गर्दा प्रयोगकर्ताको आवश्यकताअनुसार जहाँ र जहिले पनि उपलब्ध हुने च्याटबट अनुकूलनीय प्रयोगकर्ता मैत्री, लेख्य–आधारित विशेषतायुक्त रहेका हाम्रो पात्रोले जनाएको छ।
नेपाली उपभोक्ताहरुले अब भाइवरको साथमा आफ्नो औंलाहरुमा राशिफल हेर्न सक्ने भन्दै कम्पनीले तत्काल कल गर्ने र सन्देश पठाउने एपप्लेटफर्मका उत्साहि एवं उत्सुक प्रयोगकर्ताहरुलाई यसले केही नयाँ अनुभव दिलाउने जनाएको छ।
भाइवरले हाम्रो पात्रोको विशेषज्ञता तथा विश्वसनीयतालाई अगाडि ल्याउने र यो सेवाको माध्यमबाट प्रयोगकर्ताहरुलाई गहन मुल्य प्रदान गर्ने लक्ष्य राखेको पनि हाम्रो पात्रोले जनाएकाे छ।