काठमाडौं– सहिद स्मारक ए डिभिजन लिग फुटबलको लागि मछिन्द्र क्लबले आफ्नो टोलीको घोषणा गरेको छ। विराज महर्जनको कप्तानीमा घोषित टोलीमा राष्ट्रिय खेलाडीहरुको बाहुल्यता छ।
टोलीमा कप्तान विराजसँगै १३ औं सागमा नेपालको कप्तानी गरेका सुजल श्रेष्ठ, रेजिन सुब्बा, अभिषेक रिजाल, विजय धिमाल, विश्रल राई, विशाल श्रेष्ठ, बुद्ध चेम्जोङ, देवेन्द्र तामाङ, दीपक राई, हेमन गुरुङ रहेका छन्। त्यस्तै रन्जित धिमाल, सूर्य अधिकारी, योगेश गुरुङ, पिटर सेगुन, आदेलाजा सोमीडे र आन्द्रेस नियाले पनि मछिन्द्रबाट खेल्नेछन्।
मछिन्द्रको प्रशिक्षकमा पूर्व खेलाडी तथा ए लाइसेन्स प्राप्त प्रवेश कटुवाल रहेका छन्। प्रशिक्षक प्रवेश कटुवालले स्टार खेलाडीहरु टोलीमा रहेपनि टोलीको सन्तुलनमा असर नपर्ने गरि टोलीको छनोट हुने बताए।
क्लबले यस लिग सिजनका लागि झन्डै साढे २ करोड खर्च हुने अनुमान गरको छ। जसमध्ये करिब १ करोड खेलाडी अनुबन्धनमा खर्च गरिएको क्लबले जानेको छ। क्लबलाई सान मिगेलले मुख्य प्रायोजन गरेको छ। मछिन्द्रले ए डिभिजन लिगकाे उपाधि हात पार्ने लक्ष्य राखेकाे छ।