इटहरी– जिल्ला अदालत सुनसरीले शुक्रबार जवरजस्ती करणी को आरोप लागेका सिद्धबाबा भनिने कृष्णदास गिरीलाई थप ३ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत सुनसरीले अनुमति दिएको छ।
सुनसरीको चतरास्थित उनकै आश्रममा रहेकी एक महिला (अनुयायी)ले सिद्धबाबामाथि करण्नीको आरोप लगाएकी थिइन्। त्यसपछि जिल्ला अदालत सुनसरीले गिरीलाई पक्राउ गर्न अनुमती दिएको थियो।
गत मंसिर १३ गते उनी अस्पताल भर्ना भएका थिए। प्रहरीले गत सोमबार (मंसिर १६ गते) गिरीलाई अस्पतालबाटै ‘पक्राउ’ गरी अदालतमा उपस्थित गराएको थियो।
तर, गिरी भने आफूलाई मुटुको समस्या रहेको भन्दै विराटनगरस्थित विराट नर्सिङ होमको आईसीयूमै छन्।