काठमाडौँ– नेपालका लागि एमजी गाडीको अधिकृत वितरक तथा आयातक पारामाउन्ट मोटर्स प्रा.लि.ले नक्साल सोरुमबाट आफ्नो प्रतिक्षित नयाँ विद्युतीय एसयूभी एमजी जेडएस गाडी आधिकारिकरुपमा सार्वजनिक गरेको छ।
कार्यक्रममा कम्पनीले जुलाइमा प्रिबुकिङ खुलाएपछि अहिलेसम्म १५० भन्दा बढी बुकिङ्ग भइसकेको र यही हप्ताभित्र ४० जना ग्राहकलाई ’एमजी जेडएस इभी’ हस्तान्तरण गरिसकेको जनाएको छ।
पारामाउन्ट मोटर्स प्रा.लि.का जनरल म्यानेजर सचिन अर्यालले भने, ’विद्युतीय एसयुभी ’एमजी जेडएस इभी’ नेपालमा सार्वजनिक गर्न पाउँदा निकै उत्साहित छौं। ’एमजी जेडएस इभी’ले नेपालको विद्युतीय गाडीको बजारमा नयाँ बेन्चमार्क कायम गर्नेछ भन्ने आशा राखेका छौं। हामीले अन्य ६६ थान गाडीहरु जनावरी २०२० को पहिलो हप्ताभित्रै ग्राहकहलाई हस्तान्तरण गर्नेछौं र वितरण प्रत्येक महिना जारी रहनेछ।’
यसले ११० किलोवाट पावर र ३५० एन.एम अधिकतम टर्क दिन्छ। यसमा भएको लिथियम आयन ब्याट्री ३० मिनेटमा ८०५ सम्म चार्ज हुन्छ। ’एमजी जेडएस इभी’लाई एक पटक चार्ज गरेपछि ४२८ किमीसम्मको माइलेज दिन्छ र यसको ब्याट्री लाइफमा ८ वर्ष अथवा १ लाख ५० हजार किलोमिटर वारेन्टी रहेको छ।गाडीको सुरुवाती मुल्य रु ४९,९९,००० छ।