काठमाडौं– नेपाल र भारतबीचको विवादित भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेर नेपालको नक्सा जारी संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले सरकारलाई निर्देशन दिएको छ।
अन्तर्राष्ट्रिय सम्बन्ध समितिकोे शुक्रबार सिंहदरवारमा बसेको बैठकले सरकारलाई ५ बुँदे सुझाव र निर्देशन जारी गरेको हो। समितिले नेपाली भूमी लिम्पियाधुरा, लिपुलेख र कालापानीमा रहेका भारतीय सुरक्षा फौज फिर्ता गरी भौगोलिक अखण्डताको रक्षा गर्न भारत सरकारसँग आवस्यक तहमा वार्ता गर्न सुझाएको छ।
बैठककले तुरुन्तै लिम्पियाधुरा, लिपुलेक, कालापानी, सुस्ता लगायतका नेपाली भूमि समावेश गरी नेपालको नक्सा जारी गर्न निर्देशन दिनुको साथै गृह मन्त्रालय भूमि व्यवस्थजा सहकारी तथा गरिबी निवारण मन्त्रालय, पराराष्ट्र मन्त्रालय सहित अन्य आवश्यक मन्त्रालय र निकायहरुको संयुक्त समन्वयकारी संयन्त्र निर्माण गरी एकीकृत रुपमा प्रभावकारी काम गर्न आग्रह गरेको छ।
बैठकले नेपाली भूमिको रक्षा तथा नेपाली नागरिकको सुरक्षा गर्न दार्चुला जिल्लाको कालापानीे क्षेत्रमा बसोबास गरिरहेका नेपालीहरुलाई सहज रुपमा आवतजावत गर्न बाटो र अन्य सेवा सुविधाको उपयुक्त व्यवस्था गर्न सरकारलाई सुझाएको छ।