पोखरा– शुक्रबार एक कार्यक्रम गर्दै दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) को ट्रफी सार्वजनिक गरिएको छ। आयोजक क्विन्स इभेन्ट म्यान्जेमेन्टले पोखरामा एक कार्यक्रमबीच ट्रफी सार्वजनिक गरेको हो।
५ टोलीका कप्तानको सहभागिता ट्रफी सार्वजनिक गरिएको हो। उक्त कार्यक्रममा विराटनगरका प्रदीप ऐरी, काठमाडौंका ज्ञानेन्द्र मल्ल, धनगढीका दीपेन्द्र सिंह ऐरी, चितवनका पारस खड्का र बुटवलका सोमपाल कामी उपस्थित थिए भने पोखराका कप्तान शरद भेषावकरको सट्टामा विनोद भण्डारी उपस्थित भएका थिए।
यसअघि शनिबार हुने भनिएको उद्धघाटन खेल आइतबारलाई सारिएको छ। उद्धघाटन खेलमा काठमाडौं गोल्डेन्स र पोखरा पल्टन प्रतिस्पर्धा गर्दैछन्। पीपीएल मंसिर २९ देखि पुष १२ सम्म चल्ने छ। खेल एकदिको पछाडि सरेसँगैपुष ९ गतेको विश्रामका दिन वुटवल र विराटनगरबीच खेल हुनेछ।