१. सुगौली सन्धि अघि नै कालापानीलाई नेपाली भूभाग स्वीकार गरिएको ‘गोप्य पत्र’
कुमाउ युद्धमा आफ्ना सैनिकले गौर्खाली फौजलाई हराएपछि लेखिएको उक्त पत्रमा स्पष्टसँग सीमा किटान गरिएको छ। त्यो बेहोरा सहित उक्त पत्र लेखिएको झण्डै १० महिनापछि नेपाल र इस्ट इण्डिया कम्पनीबीच सुगौली सन्धि भएको थियो, जसको पाँचौ बुँदामा नेपालका राजाहरूले काली नदी पश्चिमको भूभागलाई आफ्नो भनेर दाबी नगर्ने उल्लेख छ।
२. गोरखाबाट विप्लव समूहका स्याङजा इन्चार्जसहित दुई पक्राउ
नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका स्याङजा जिल्ला इन्चार्जसहित प्रहरीले दुई जनालाई प्रक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय गोरखाले गोरखा सदरमुकामको घ्याम्पेशाल चोकबाट बिहीवार राति उनीहरुलाई पक्राउ गरेको हो। पोखरा महानगरपालिका–२७ का ३३ वर्षीय गोकुल पराजुली र रुकुमको त्रिवेणी गाउँपालिका–१ का ३२ वर्षीय जीवन क्षेत्रीलाई पक्राउ गरिएको डीएसपी मित्रबन्धु शर्माले जनाए।
३. अब नेपालमै कार बन्ने, लगानी बोर्डकाे मोट्रेक्ससँग सम्झौँता
नेपालमा गाडी बनाउन वैदेशिक लगानी ल्याउने घोषणा गरेको मोट्रेक्सले लगानी बोर्डसँग सम्झौँतापत्रमा हस्ताक्षर गरेको छ। मोट्रेक्सले प्रस्ताव गरेको १० अर्व ५४ करोड लगानीलाई ल्याउन पहिलो चरणको सम्झौँता लगानी बोर्डले गरेको हो। अब कम्पनीले प्लान्ट स्थापनाको लागि आवस्यक प्रकृया सुरु गर्नेछ। ‘हामीले नेपालमै प्यासेन्जर कार बनाउँछु भनेर आएको मोट्रेक्ससँग सुरुवाति सम्झौँता गरेका छौं’ लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले मेरोअटोसँग भने।
४. उच्च लेकाली क्षेत्रमा हिमपात
बुधबारदेखिको मौसममा आएको परिवर्तनका कारण डोटीलगायत यहाँका पहाडी तथा हिमाली जिल्ला बझाङ, बाजुराका उच्च लेकाली क्षेत्रमा हिमपात भएको छ। हिमपात भएसँगै चिसो बढेपछि यहाँको जनजीवन प्रभावित भएको छ। डोटीकोे खप्तडस्थित झिगराना, गोलादेउ, पानीखाल, नापानी, शिखर, गोवडालेक, बडीकेदारथानलगायत उच्च पहाडी क्षेत्रमा हिमपात भई चिसो बढेकाले गाईवस्तु चराउन समस्या भएको खप्तड क्षेत्रसँगै जोडिएको पूर्वीचौकी गाउँपालिकाका स्थानीयवासी जोगीसिंह विष्टले बताए।
५. पीपीएलको ट्रफी सार्वजनिक, खेल आइतबारबाट शुरु हुने
शुक्रबार एक कार्यक्रम गर्दै दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) को ट्रफी सार्वजनिक गरिएको छ। आयोजक क्विन्स इभेन्ट म्यान्जेमेन्टले पोखरामा एक कार्यक्रमबीच ट्रफी सार्वजनिक गरेको हो। ५ टोलीका कप्तानको सहभागिता ट्रफी सार्वजनिक गरिएको हो। उक्त कार्यक्रममा विराटनगरका प्रदीप ऐरी, काठमाडौंका ज्ञानेन्द्र मल्ल, धनगढीका दीपेन्द्र सिंह ऐरी, चितवनका पारस खड्का र बुटवलका सोमपाल कामी उपस्थित थिए भने पोखराका कप्तान शरद भेषावकरको सट्टामा विनोद भण्डारी उपस्थित भएका थिए।
६. भारतले नेपालको ३ सय ७२ किलोमिटर सीमा मिचेको गृहमन्त्री थापाको दाबी
गृहमन्त्री रामबहादुर थापाले भातरले हालै सार्वजनीक गरेको राजनीतीक नक्साको अनुसार ३ सय ७२ किलोमिटर नेपाली भुभाग मिचिएको जनाएका छन्।संसद्को अन्तर्रा्ष्ट्रिय सम्बन्ध समितिले कालापानी, लिम्पियाधुरा र लिपुलेक भारतकको नक्सामा समेटिएको बिषयमा छलफल गर्न शुक्रवार गृहमन्त्री थापालाई बोलाएको थियो। बैठकमा गृहमन्त्री थापाले भारतीय पक्षबाट नेपालको ३ सय ७२ किलोमिटर सीमा मिचिएको बताएका हुन्।
७. तातोपानी भन्सारका हाकिमविरुद्ध भ्रष्टाचार मुद्दा दायर
तातोपानी भन्सार कार्यालय सिन्धुपाल्चोकका प्रमुख भन्सार अधिकृत कृष्णबहादुर बस्नेतविरुद्ध साढे १० करोड रुपैयाँको भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भन्सार प्रमुख बस्नेतविरुद्ध १० करोड ५६ लाख ९१ हजार ६ सय ९ रुपैयाँ ९१ पैसा बिगो दाबी गरेको छ। शुक्रबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।
८. नांगो शरीरमा रगत पोखेर बार्सिलोना सहरमा आन्दोलन ! (भिडियो सहित)
विश्व पशुपंक्षी अधिकार दिवस अधिकांश देशमा विभिन्न कार्यक्रम गरी मनाइयो तर स्पेनमा मनाइएको जनावर दिवसले भने अनाैठाे थियाे र धेरैलाई चकित पनि तुल्यायो। यो दिवस मनाउने क्रममा पशुपंक्षीलाई काटमार गर्ने कामको विरोध गर्दै ७० जना अभियन्ताहरु नांगै सहरमा सुते। नांगो शरीरमा नक्कली रगत पोखेर उनीहरुले बार्सिलोना सहरमा विरोध जनाएका हुन्। डेलीमेलका अनुसार ‘ब्ल्याक फ्राइडे’ को रुपमा क्याटालोनिया स्क्वायरमा उनीहरुले विरोध प्रदर्शन गरेका थिए।
९. सुक्यो संसारकै सबैभन्दा फराकिलो झरना
संसार नै जलवायु परिवर्तनको जोखिममा रहेको भनि लगातार बहस भइरहेको छ। र, बेलाबेलामा यससम्बन्धी घटना सार्वजनिक हुने गरेका छन्। यस्तै आश्चर्यको घटना बाहिर आएको छ। संसारको सबैभन्दा फराकिलो झरना भिक्टोरिया वाटरफल (झरना) आधाभन्दा बढी सुकेको छ। रिपोर्टअनुसार भिक्टोरीया झरनाको ५० प्रतिशत बढी पानी सुकेको छ। दक्षिण अफ्रिकामा जाम्बिया र जिम्बाब्वेबीच सीमा विभाजनको काम गर्ने भिक्टोरिया झरनाको पानी निकै कम भएको हो।
१०. नाइजरमा भएको आतङ्ककारी आक्रमणमा ७१ सैनिकको मृत्यु
नाइजरको पश्चिम भागमा रहेको अर्थात मालीको सिमानानजिकै अवस्थित एक सैन्य शिविरमा भएको आतङ्ककारी हमलामा परी कम्तीमा ७१ सैनिक मारिएका छन्। यस आक्रमणमा परी अन्य १२ जना सैनिक घाइते भएका स्थानीय स्रोतले जानकारी दिएको छ। नाइजरको पश्चिमी इलाकामा रहेको एक गाउँमा अवस्थित सैन्य शविरमा सो आक्रमण भएको हो। यसैबीच, इस्लामिक स्टेट्स (आइएस) लडाकू समूहले यस आक्रमणको जिम्मेवारी लिएको छ। इजिप्टको भ्रमणमा रहनुभएका नाइजरका राष्ट्रपति मोहमद इसोफो यस घटनापछि स्वदेश फर्किइका छन्।