काठमाडौं– मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले शनिबार पनि मौसम बदली भई देशभर वर्षा र हिमपातको सम्भावना रहेको छ।
देशको मध्य र पश्चिमी पहाडी भूभागमा र पूर्वी भूभागमा बदली भई हल्का वर्षा र उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात हुने पूर्वअनुमान गरिएको छ। शनिबार हिमाली क्षेत्रका विभिन्न भागहरुमा हिमपातका साथै देशका धेरै ठाउँमा हल्का वर्षा भइरहेको छ।
यसैगरी शििनबार बेलुकासम्म देशभरी नै आंशिकदेखि सामान्य बदली हुनेछ भने उच्च पहाडीसहित हिमाली भू–भागहरुमा कतै हल्का र कतै मध्यम हिमपात हुने सम्भावना रहेको बताइएको छ।