एजेन्सी– ब्राजिलियन स्टार तथा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)का फरवार्ड नेयमार जुनियर बार्सिलोना फर्कने चर्चा एकाएक चुलिन्छ अनि एकाएक सेलाउँछ। बार्सिलोनाबाट पीएसजी गएका उनी पुनः बार्सिलोना फर्कने चाहेको बताइन्छ।
यसैबीच नेयमारले बार्सिलोना फर्कनको लागि ठूलो रकमको डिमाण्ड गरेका छन्। उनले पूर्व क्ल्ब बार्सिलोनाले आफ्नो लागि ३.५ मिलियन युरो खर्च गर्नुपर्ने बताएका छन्। ‘एल मुन्डो’को अनुसार नेयमारले बार्सिलोनासामु फेरि आफ्ना लागि पीएसजीसँग प्रस्ताव राख्न अनुरोध गरेका छन्।
यसअघि बार्सिलोना र पीएसजजीबीच सम्झौता हुन नसक्दा उनी बार्सिलोनामा बसेका थिए। मेस्सीले आफू केही समयपछि नै क्लब छाड्ने र आफ्नो स्थान नेयमारले पाउने बताउँदै आएका छन्। बार्सिलोनाका कप्तान लियोनल मेस्सी पनि नेयमारलाई बार्सिलोना फर्काउन प्रयासरत रहेको बताइएको छ।