काठमाडौं– होटल सञ्चालन व्यवस्थित एवं प्रभावकारी बनाउने उद्देश्यले पोखरामा होटल व्यवसायीलाई व्यवस्थापन तथा उद्यमशीलता तालीम प्रदान गरिएको छ।
व्यवसायीलाई समयसापेक्ष ज्ञान तथा सीप प्रदान गर्न यस प्रकारको तालीम सञ्चालन गरिएको आयोजक सङ्घका अध्यक्ष विकल तुलाचनले जानकारी दिए।
नेपाल पर्यटन बोर्डको सहयोगमा सञ्चालित तालीममा ५० होटल व्यवसायीको सहभागिता छ। विगत वर्षबाट नै सङ्घले आफ्ना सदस्य, पदाधिकारी तथा कर्मचारीका लागि लेखा, प्रविधि तथा व्यवस्थापनसम्बन्धी तालीम प्रदान गर्दै आएको छ।
होटल सञ्चालकको माग र सङ्घको आफ्नै योजनाअनुसार यो पटक उद्यमशीलतासम्बन्धी अभिमुखीकरण तालीम सञ्चालन गरिएको सङ्घका महासचिव गणेशराज पहारीले बताए। रासस