काठमाडौं– शुक्रबार बिहादेखि धमिलिएको काठमाडौं उपल्यकाको आकाश उज्यालिएको छ। शुक्रबारदेखि सुरु भएको सिमसिमे पानी रोकिएसँगै काठमाडौंको आकाशमा झलमल्ल घाम लागेको छ।
बिहानसम्म पनि अलिअलि वर्षा भएपनि पनि मौसममा एकाएक सुभार आएको छ। वर्षासँगै काठमाडौंको तापक्रम घटेको छ। पश्चिमी न्यून चापीय वायुको प्रभावले वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखा अनुसार देशका विभिन्न स्थानमा आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमली भू–भागमा हिमपात र पूर्वका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।