काठमाडौं– मुटुबिना बाँच्न सकिँदैन भन्ने सबैलाई थाहा छ। तर आजको आधुनिक युगमा मुटु, फोक्सोबिना मात्रै होइन स्मार्टफोनबिना पनि बाँच्न सकिँदैन भन्नुपर्ने अवस्था छ।
दैनिक जीवनमा प्रयोग हुने उपयोगि स्मार्टफोन अर्थात मोबाइल आधुनिक युगको महत्वपूर्ण आविस्कार हो। स्मार्टफोनले विश्वलाई सानो बनाउनुको साथै मानिसको जीवनमा धेरै सहजता दिइरहेको छ। मोबाइल फोनले घडी, क्यामरा, रेडियो तथा टिभी लगायतका सामाग्रीबिना मानिसहरु एकछिन रहन नसक्ने भएका छन्। तर यसको बढ्दो प्रयोगले भने धेरै किसमिका समस्याहरुको सामना गर्नुपर्ने देखिएको छ।
अध्ययनका अनुसार स्मार्टफोन स्वास्थ्यका लागि एकदमै हानिकारक छ। यसको प्रयोगले युवाहरू उमेर नहुँदै वृद्ध देखिने, शारीरिक रोग गर्धन दुख्ने, कम्मर दुख्ने, हड्डी दुख्ने, आँखा दुख्ने जस्ता समस्याहरू देखा पर्दछन्।
अमेरिकाको अनुसन्धानकर्ता लियोनिड म्याकोटिकले गरेको ‘द इम्प्याक्ट अफ स्मार्टफोन एण्ड मोबाइल डिभाइसेस अन ह्यूमन हेल्थ एण्ड लाइफ’ अध्ययनमा स्मार्टफोनको प्रयोगबाट निम्तिएका समस्याहरुको बारेमा चर्चा गरिएको छ। २ सय १० जना व्यक्तिहरूमा म्याकोटिकले ‘आई ट्रयाक’को माध्यमबाट उनीहरूको हाउभाउ, हिंडडुल, काम, व्यवहार आदीको अध्ययन गरिएको थियो।
अध्ययनले ७६ प्रतिशत मानिसले हिंड्दा, गाडीमा वा घरमा काम नभएको बेलामा स्मार्टफोनको प्रयोग गरिरहेको निष्कर्ष निकालेको छ। मानिसहरूले अधिकांश समय फोनमा कुराकानी गर्न, म्यासेज पढ्न, सामाजिक सञ्जाल चलाउन, गीत सुन्न र गुगल म्यापको प्रयोग गर्न हुने हुन्छ स्मार्टफोनमा भएको ‘रेडियसन’ले छालामा असर गर्ने भएको कारणले दैनिक १० घण्टा स्मार्टफोनको प्रयोग गर्ने व्यक्तिहरूको छालामा ३ देखि ५ वर्षको फरक पर्ने हुदा ५५ वर्षे वयस्कको अवस्था केही समयपछि ८० वर्षका वृद्धको जस्तै हुन जान्छ।
मानिसको स्वास्थ्यमा मात्रै नभएर सामाजिक व्यावहारमा पनि मोकाइल प्रयोगले असर गर्ने बुझिएको छ। व्यक्तिको वैवाहिक सम्बन्धमा समेत दरार ल्याउन सक्ने अध्ययनको दाबी छ। मोबाइलमा मात्रै ध्यान दिएको कारण पनि हजारौं दम्पत्तिबीच सम्बन्धमा दरार आएको र त्यसले सम्बन्ध विच्छेदको घटना बढेको बताइन्छ।