काठमाडौं– ‘अकुपाई टुँडिखेल अभियान’ अन्तर्गत अभियान्ताहरुले शनिबार डोजर लगाएर खुलामञ्च सम्याउनुका साथै सरसफाइ गरेका छन्।
टुँडिखेललाई अतिक्रमणबाट जोगाउन भन्दै शुरु गरिएको अभियानले महानगरपालिकाले खुलामञ्च खाली गराउन सक्रियता नदेखाएपछि अभियानताहरु आफैंले डोजर चलाउँदै फोहोर र माटो थुपारिएर अस्तव्यस्त देखिएको खुलामञ्च सफाई गरेका हुन्।
खुलामञ्चलाई मानव साङ्लोले घेरेर शुरु गरिए अभियानको छैठौं कार्यक्रमअन्तर्गत शनिबार बिहान खुलामञ्च परिसर सफा गरिएको हो। कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता साथै सामाजिक अभियन्ताहरुको उपस्थिति थियो। अतिक्रमणका कारण टुँडिखेल नै मासिने अवस्था आएको भन्दै गत कात्तिक २३ गतेदेखि ‘अकुपाई टुँडिखेल अभियान’ सुरु गरिएको थियो।