एजेन्सी– कम्प्युटर र प्रिन्टर निर्माता चर्चित कम्पनी एचपीले जानकार र रुची राख्ने उपभोक्ताहरुका लागि विश्वकै सबै भन्दा सानो कन्भर्टिकल स्पेक्टर एक्स ३६०–१३ ल्यापटप सार्वजनिक गरेको छ। यस ल्यापटपमा क्वाड–कोर १० औं जेनेरेशन इन्टेल चिप दिइएको छ।
यस ल्यापटपमा एक उत्कृष्ट ब्याट्री ब्याकअप दिइएको छ, जसको कारण एक पटक फुल चार्ज गरेपछि २२ घण्टासम्म ब्याट्री टिक्ने कम्पनीको दाबी छ। यसमा ९० प्रतिशतसम्म स्क्रिन टु बडी अनुपातको सुविधा दिइएको छ।
कम्पनीका अनुसार यस ल्यापटपको वजन १.२७ किलो हुनेछ। यसमा अल्ट्रा–स्लिम एचपी डिवाइस क्वाड–कोर १३ इञ्च कन्भर्टिकल, एचपी वेबकैम किल स्वीच (डेडिकेटेड म्युट माइक) र बैकल्पिक एचपी स्योर भ्यू डिस्प्ले दिइएको छ।
भारत, बंगलादेश र श्रीलंकाका लागि एचपी इंकका प्रबन्ध निर्देशक विनय अवस्थीले भनेका छन्–‘हामीले एचपीमा सुधार गर्नका लागि नयाँ पद्धती अपनाएका छौं। किनभने हामीले उत्कृष्टताको रुपमा अगाडि ल्याउन चाहन्छौं। हामीले भर्खरै बजारमा ल्याएको कम्प्युटरले उद्योगमा डिजाइन र प्रदर्शनमा नयाँ बेञ्चमार्च स्थापित गर्नेछ।’
कम्पनीले यस ल्यापटपलाई भारतमा विहीबार मात्रै सार्वजनिक गरेको हो। भारतमा सार्वजनिक भएसँगै नेपाली बजारमा पनि यस ल्यापटप चाँडै उपलब्ध हुनेछ। कम्पनीले यस ल्यापटपको बजार मूल्य (नेपालीमा) एक लाख ६० हजार तोकेको छ।