काठमाडौं– पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण नेपालका विभिन्न भागमा वर्षा तथा हिमपात भएपछि मौसममा क्रमिक सुधार भइरहेको छ।
मध्य तथा पश्चिम क्षेत्रमा मौसममा क्रमिक सुधार भएपछि मानिसहरू बाहिर निस्किन थालेका छन्। हिमपात भएका जुम्ला, कालीकोट, मुगु र सोलुखुम्बुको सामान्य जनजीवन प्रभावित भएपनि शनिवार केटाकेटी तथा युवा–युवतीहरू हिउँ खेल्न निस्किएका छन्।
शुक्रवार अपरान्ह पश्चिमदेखि पूर्वसम्मै पूरै नेपाल ढाक्ने गरी विकसित भएको मौसमी प्रणालीमा सुधार हुन ‘केही समय लाग्ने’ मौसमविद्ले बताएका छन्। शनिवार साँझबाट मौसममा सुधार आउँने उनीहरूको भनाइ छ।
हिमपातका केही दृष्यहरू तलका तस्बिरहरुः



