काठमाडौं– देखासिकी र फजुल खर्चमा आर्क्षित नेपाली उपभोक्ताले चालू आर्थिक वर्ष २०७६र७७ को बितेका चार महिनामा चुइगम चपाएरै साढे १८ करोड रुपैयाँ सकेका छन्।
भन्सार विभागले सार्वजनिक गरेको तथ्याकंअनुसार चालू आर्थिक आवको साउनदेखि कात्तिकसम्म ६ लाख २१ हजार ६ सय ८ किलो चुइगम नेपाल भित्रिएको छ।
यसको मूल्य १८ करोड ४८ लाग ५५ हजार रुपैयाँ भएको भन्सार विभागले जनाएको छ । यो समाचार आजको राजधानी दैनिकमा मधुजंग पाण्डेले लेखेका छन्।