इटहरी– नेपाल राष्ट्रिय उद्यमशील महिला महासङ्घद्वारा यहाँ आयोजित उद्यमशील महिला मेलाले पूर्वको मुख्य व्यापारिक नाका इटहरीलाई आकर्षित बनाइराखेको छ।
१५० प्रदर्शनी कक्ष रहेको मेलामा महिलाले मात्र उत्पादन गरेको वस्तु प्रर्दशनी तथा बिक्री वितरणमा राखिएका छन्। महिलाले उत्पादन गरेका घरेलु खाना तथा हस्तकलाका सामग्रीले आकर्षण बनाइराखेको छ। पुस ६ गतेसम्म मेला जारी रहने छ।
उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडले मेलाको शुभारम्भ गर्दै महिला उद्यमीलाई प्रवद्र्धन गर्न सरकारले प्राथमिता दिने जानकारी दिए।
कार्यक्रममा प्रदेशसभा सदस्य सर्वध्वज साँवा, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणाले महिलालाई उद्यमशील बनाउन विशेष कार्यक्रम ल्याउन र उत्पादित बस्तुलाई वजारको पहुँच पु¥याउन आवश्यक रहेकोमा जोड दिएका छन्।