काठमाडौं– काठमाडौँ महानगरपालिका(कामपा) ले वडा नं ६ स्थित बौद्ध रामहिटीबाट दमकल सेवा विस्तार गरेको छ। कामपाका प्रमुख विद्यासुन्दर शाक्यले घनाबस्तीलाई ध्यान दिँदै सम्भावित आगोजन्य विपद् व्यवस्थापन गर्न दमकल सेवा विस्तार गरिएको जानकारी दिए।
साठी मिटर अग्लो भ¥याङ र छ हजार लिटर पानीट्याङ्की क्षमताको दमकल खरीद प्रक्रियामा रहेका छन्। महानगरको २५औँ वार्षिकोत्सवको अवसरमा सो स्थानमा नवनिर्मित महानगर वारुणयन्त्र तथा तालीम केन्द्रको शनिबार उद्घाटन समेत भएको छ। गोकर्णेश्वर, कागेश्वरी मनोहरा, शङ्करापुर र बूढानीलकण्ठ नगरले पनि केन्द्रबाट लाभ उठाउन सक्नेछन्।
अग्नि नियन्त्रण शाखा प्रमुख लीलाराज गाछाका अनुसार केन्द्रमा एक दमकल, एक भ¥याङ, एक रेस्क्यु जीप र दुई फायरबाइक राखिएका छन्। साथै यी उपकरण सञ्चालन गर्न १५ अग्नि नियन्त्रक २४सै घण्टा परिचालित हुनेछन्। रु आठ करोड ६१ लाख १६ हजार ९९ सम्पन्न सो केन्द्र तीन रोपनी जमीनमा फैलिएको छ।
यसैगरी एक लाख ५० हजार लिटर क्षमताको पानीट्याङ्की ,अग्नि नियन्त्रक, तीन दमकल, तालीमका लागि दुई सुविधासम्पन्न कार्यक्रमस्थल रहेका छन्। विसं २०७५ साउन २८ शिलान्यास भएको थियो। यसअघि कामपामा एक मात्र दमकल केन्द्र रहेको थियो। (रासस)