एजेन्सी– लेबनानको राजधानी बेरुतमा शनिबार भएको झडपमा दर्जनौ मानिस घाइते भएका छन्। बेरुतमा नेपालको शान्ति सेनापनि रहँदै आएको छ। प्रदर्शनकारीहरु संसद भवनतिर अघि बढ्ने क्रममा झडप भएको बताइएको छ।प्रहरीले अश्रुग्याँस फाल्नुका साथै रबरको गोली पनि प्रहार गरेको थियो।
प्रदर्शनकारीले भने ढुंगा प्रहार गरेका थिए। प्रहरीका कम्तिमा २० अधिकारीपनि घाइते भएका छन्।आर्थिक अव्यवस्थाको विरोधमा गएको अक्टोबर महिनादेखि त्यहाँ प्रदर्शन हुँदै आएको छ।
शनिबारको कार्यक्रम बढी हिंस्रक भएको थियो। प्रदर्शनकारीले प्रधानमन्त्री साद अल हरिरीको राजीनामा मागिरहेका छन्। यद्यपि नयाँ सरकार बनाउने सम्बन्धी वार्ता अवरुद्ध हुँदै आइरहेको छ। बीबीसी