काठमाडौं– ‘मिस वर्ल्ड २०१९’ को विजेता को बन्छ भन्ने जिज्ञासा अब मेटिएको छ। ‘मिस वर्ल्ड २०१९’ को ताज जमैकाकी सुन्दरी टोनी एन सिंहले हात पारेकी छिन्। यही प्रतियोगितामा सहभागी मिस नेपाल अनुष्का श्रेष्ठले भने ‘व्युटी विथ प्रपस’ अवार्ड जितेकी छन्। इक्सल लन्डनमा १४ डिसेम्बरमा आयोजित कार्यक्रमबीच सिंह आफ्ना प्रतिस्प्रधीलाई पछि पार्दै मिस वर्ल्ड २०१९ को व्युटी प्याजेन्ट घोषित भएकी हुन्। सन् २०१८ कि मिस वर्ल्ड विजेता मेक्सिकोकी भनेसा पोन्सले टोनीको शीरमा क्राउन लगाइदिँदै जिम्मेवारी हस्तान्तरण गरेकी थिइन्।
अनुष्का श्रेष्ठ
२३ वर्षीया सिंह जमैकाको मोरान्टाकी बासिन्दा हुन्। उनले फ्लोरिडा स्टेट युनिभर्सिटीबाट मनोविज्ञान र महिला अध्ययनमा स्नातक उत्तिर्ण गरेकी छिन्। जमैकाका लागि यो नयाँ कुरा होईन, ‘मिस वल्र्ड’ को ताज जमैकाले कब्जा जमाएको यो चौथोपटक हो। यसअघि सन् १९६३, १९७६ र १९९३ मा पनि जमैकाकी युवती विश्व सुन्दरी घोषित भएका थिए। प्रतिस्प्रधामा फ्रान्सकी ओफेली मेजिनो फस्ट रनरअप र भारतकी सुमन राव सेकेन्ड रनरअप घोषित भएका छन्। मिस नेपाल अनुष्का श्रेष्ठले ‘मिस वल्र्ड’ २०१९ मा ब्युटी विथ प्रपस’ अवार्ड जितेकी छन्। यसअघि उनी मल्टिमिडिया अवार्ड जित्दै उत्कृष्ट ४० मा पुगेकी थिइन्।