एजेन्सी– यो वर्ष स्मार्टफोन बजार हिस्सामा चिनियाँ निर्माता हुवावेले सबैभन्दा बढी स्मार्टफोन बिक्री गर्ने सामसङसँगको दुरी छोट्याउने नयाँ अध्ययनले देखाएको छ।
बजार अनुसन्धान गर्ने कम्पनी स्ट्राटेजी एनालिटिक्सका अनुसार हुवावेले यो वर्ष बजार हिस्सा १७.७ प्रतिशत ओगट्टने अनुमान छ। जसबाट हुवावेले कूल २५ करोड १० लाख स्मार्टफोन बिक्री गर्ने अनुमान छ। यो हुवावेको अघिल्लो वर्षको १४.४ प्रतिशत बजार हिस्सा भन्दा बढी हो।
सामसङले सन् २०१९ मा स्मार्टफोन बजारको २१.३ प्रतिशत हिस्सा ओगटेको अनुमान छ। यो वर्ष सामसङले ३२ करोड ३० लाख स्मार्टफोन बिक्री गर्ने अनुमान छ।