काठमाडौं– सरकारले बीमा गर्न एजेन्ट नचाही हिसाबले सवसाधारणलाई सहज हुनेगरी व्यवस्था गरेको छ।
बीमा समितिले ‘शाखारहित घुम्ती सेवासम्बन्धी मार्गदर्शन २०७६’ जारी गर्दै घरदैलोमै पुगेर कम्पनीले बिमा गर्न सक्ने व्यवस्था गरेको छ। अब बीमा कम्पनीहरू आफैं बीमितको घरदैलो पुगेर बीमा गर्न पाउने भएका छन्।
यसअघि बीमा गर्न कुनै न कुनै एजेन्टको सहयोग लिनै पर्थ्यो। आफुले सिधै बीमा गर्न पाउने हक सर्वसाधारणलाई थिएन। एजेन्टले बीमा गराउँदा कमिसन पनि उसैको खातामा जाने गरेको थियो।
बीमा समितिको सूचना अधिकारी निर्मला अधिकारीको अनुसार अब मार्गदर्शन २०७६ मा भएको व्यवस्था अनुसार एजेन्ट बिन सवसाधारणले बीमा गराउँदा कमिशन जोगिने छ। सरकारले बीमा गराउँदा एजेन्टविनै बिमा, एजेन्ट कमिनसनको भार हटाउने र घुम्ती सेवा समेत सञ्चालन गर्ने उनले बताएकी छिन्।
बीमा व्यवसाय सुरु भएको सात दशक नाघेको छ। बिमाको पहुँच भने २० प्रतिशत जनसंख्यामा मात्र पुगेको छ। नागरिकमा बीमाको पहुँच बढाउन सरकारले विभिन्न योजना ल्याएको सूचना अधिकारीले जानकारी दिइन।