काठमाडौं — प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको उपस्थितिमा जिल्ला प्रहरी कार्यालय, भोजपुरको कार्यालय भवनको उद्घाटन गरिएको छ।
भोजपुर पुगेर खनालले सो भवनको उद्घाटन गरेका हुन्। सरकारको नियमित बजेटबाट बनेको सो भवन निर्माणका लागि २८ जेठ ०७४ मा किराँतेश्वर–ओम जाम्बियोङ जेभी काठमाडौंसँग सम्झौता भएको थियो। जसअनुसार ४ करोड ८२ लाख रुपैयाँको लागतमा भवन बनाइएको बतार्ईएको छ।
पहिलो चरणमा आरसीसी फ्रेममा ११ हजार ६ सय २५ वर्ग फिट फ्लोर क्षेत्र भएको तीन तले कार्यालय भवन तयार भएको छ। साथै, परिचालन कक्ष, कार्य शाखा, अपराध अनुसन्धान शाखा, उजुरी छानबिन शाखा, प्रबन्ध शाखा, सामुदायिक शाखा र भिन्दाभिन्दै महिला तथा पुरुष हिरासत कक्ष लगायतको व्यवस्था गरिएको छ।