एजेन्सी– नेपाली बजारमा पनि समयसँगै नयाँ प्रविधि र विशेषता सहितका स्मार्टफोन ल्याएर उपभोक्ताको मन जित्न विभिन्न स्मार्टफोन निर्माता कम्पनीहरुको प्रतिस्पर्धा नै चल्न थालेको छ। उपभोक्ताको रुची अनुसार विभिन्न ब्राण्डका र, विशेषगरी मध्यमस्तरका स्मार्टफोन नेपाली बजारमा बढी बिक्री हुने गरेको बिक्रेताहरु बताउँछन्।
व्यावसायीहरुले बताए अनुसार १५ हजार देखि ३० हजार रुपैयाँ मुल्य आसपासका मोबाईलफोन नेपाली बजारमा बढी चल्ने गरेका छन्। नेपाली बजारमा सामसुङ, हुवावे, ओप्पो, एमआई, भिभो, लाभा, एलजी, लेनोभो, पानासोनिक, जिओनी, कलर्स जस्ता ब्राण्डका स्मार्टफोन बढी बिक्री हुने गर्दछ। ति मध्ये २०१९ मा बिक्रि भइरहेकाे ५ उत्कृष्ट स्मार्टफाेनहरू यसप्रकार छन्।
१.रेडमी नोट ८ प्रो
रेडमी नोट ८ प्रो एक शक्तिशाली ६४ एमपी क्वाड क्यामेरा सेटअप र समान सक्षम चिपसेट भएकोे सर्वोत्कृष्ट शाओमीको फोन हो। यसको फ्रन्ट क्यामेरा सेटअपमा २० एमपी सेल्फी सुटर छ। अक्टा–कोर हेलियो जि९०टी मोबाइल प्लायटफर्मले गेमिङ क्षमता ल्याएको छ। ६.३ इन्च डट नोच डिस्प्लेको र औरा फ्लुइड डिजाइनले सुसज्जित रेडमी नोट ८ मा अविश्वसनीय इमर्सिभ एफएचडी प्लस भिज्योल अनुभव प्रदान गर्दछ। यसमा कर्निङ गोरिला ग्लास ५को प्रयोग गरिएको छ र प्रयोगकर्ताले अपग्रेटेड स्थायित्वको अपेक्षा गर्न सक्दछन् र यसले अगाडि र पछाडिको भागलाईसामान्य गिरावटबाट जोगाउँछ। दिनभर टिक्ने ब्याट्री लाइफ नोट सिरिजको विशेषता नै हो र यो पटक ४५०० एमएएच ब्याट्री (१८ वाट चार्जर)ले पुरै दिन उत्किृष्ट गेमिङ र फोटोग्राफी सुनिश्चित गर्दछ। नेपाली बजारमा रेडमी नोट ८ प्रो, ६ जीबी प्लस ६४ जीबी, ६ जीबी प्लस १२८ जीबी र ८ जीबी प्लस १२८ जीबी स्टोरेज भेरियन्टमा क्रमश २६ हजार ९ सय ९९, रु २९ हजार ९ सय ९९ र ३२ हजार ९ सय ९९ मा तीनवटा कलर भेरियन्ट–गामा ग्रिन, हलो ह्वाइट र स्याडो ब्ल्याकमा बिक्रि हुँदै आइरहेको छ। यो फोन सम्पूर्ण एमआईका अधिकृत पार्टनर तथा डराजले सस्तो डिलमा उपलब्ध गराई रहेको छ। २.अनर नाइन एक्स्
अनर नाइन एक्समा् ६.५९ इन्चको फुल डिस्प्ले छ र यो फोनको तौल १९६.८ ग्राम रहेको छ। यसमा किरिन ७१० एफ प्रोसेसर प्रयोग गरिएको छ भने यो मोबाइल ६ जीबि र्याम र १२८ जीबि रोममा उपलब्ध रहेको छ। यसमा ४ हजार एमएएचको ब्याट्री रहेको छ। तिनवटा रियर क्यामेरा रहेको यसमा मेन क्यामेरा ४८ मेगापिक्सेल, दोस्रो क्यामेरा ८ मेगापिक्सेल र तेस्रो क्यामेरा २ मेगापिक्सेलको रहेको छ। अनर नाइन एक्समा १६ मेगापिक्सेलको सेल्फी क्यामेरा रहेको छ। यो फोन एन्ड्रोइड अपरेटिङ ९(पाई) मा आधारित रहेको छ। ३.भिभो एस वान
साउन १४ गतेदेखि नेपाली बजारमा उपलब्ध भएको भिभोको एस सिरिजको पहिलो फोन एस वान मिड रेञ्जमा फ्ल्यागसिप स्मार्टफोन अन्तर्गत पर्दछ। यसमा ६ जिबीको ¥याम रहेको छ भने १२८ जिबी फोनको स्टोरेज रहेको छ। यसमा ६.३८ इञ्च सुपर एमोलोइड डिस्प्ले रहेको छ। महँगा स्मार्टफोनमा हुने आधुनिक प्रविधि यस फोनमा समावेश गरिएको छ। फेसनेबल ग्राहकलाई लक्षित गरेर ल्याइएको ‘एसवन’ फोनको पछाडि भागमा ग्रेडियन डाइमन प्याटर्न प्रयोग गरिएको छ। एउटै फोनमा दुईओटा कलरमा ‘एसवन’ स्मार्टफोन ग्राहकले पाउनेछन्। फ्रन्ट क्यामेरामा अहिलेसम्मकै धेरै ३२ मेगापिक्सेल जडान गरिएको छ। ब्याकमा ट्रिपल क्यामेरा प्रयोग गरिएको छ, जुन ८, १६ र २ मेगापिक्सेलको रहेको छ। यसमा मुख्य क्यामेरामा सोनीको सेन्सर प्रयोग गरिएकाले उत्कृष्ट फोटो आउने कम्पनीको दाबी छ। यो फोनको ब्याट्री ४ हजार ५ सय एमएएचको छ। नेपाली बजारमा भिभोे एस वानमो मूल्य ३४ हजार ९ सयमा बिक्रि हँदै आइरहेको छ। ४.सामसङ एम ४०
एम सिरिजको सामसङ ग्यालेक्सी एम ४० नेपाली बजारमा बिक्रि हँदै आएको छ। माबोइलमा दुई सिम कार्ड एकसाथ प्रयोग गर्न सकिन्छ। यसमा स्क्रिनभित्रै स्पिकर राखिएको छ। मोबाइलकोे स्क्रिन टु बडी रेसियो ९१ दशमलव ८ प्रतिशत छ। मोबाइलमा फिंगरप्रिन्ट सेन्सर तथा फेस अनलक फिचरसमेत छ। फोनमा ६ दशमलव ३ इन्चको फुल एचडी प्लस डिस्प्ले रहेको छ। मोबाइलको तल्लो भागमा स्पिकर, युएसबी टाइप सी पोर्ट र माइक्रोफोन दिइएको छ। स्नाप ड्राडन ६७५ अक्टाकोर प्रोसेसर राखिएको छ। यो मोबाइलमा एन्ड्रोइड पाइमा आधारित सामसङ वन युआई राखिएको छ । मोबाइलमा ६ जिर्बी याम तथा १२८ जिबी रोम छ । पछाडितर्फ तीनवटा क्यामेरा राखिएको फोनमा एफ १ दशमलव ७ अपार्चरयुक्त ३२ मेगाफिक्सेलको प्राथमिक क्यामेरा उपब्ध छ भने फोनमा १६ मेगाफिक्सेलको फ्रन्ट क्यामेरा उपलब्ध छ। मोबाइलमा ३ हजार ५ सय एमएएच क्षमताको ब्याट्री प्रयोग गरिएको छ। नेपाली बजारमा ३६ हजार १९० रुपैयाँ मूल्य तोकिएको फोन मडनाइट ब्लु तथा सिवाटर ब्लु ग्रेडिएन्ट कलरमा उपलब्ध छ। ५.एमआई ए–३
साओमीले एन्ड्रोइड वान–पावर्ड फोन सिरिजमा उत्कृष्ट रिजोलुसन क्यामेरा सेटअपसहितको नयाँ स्मार्टफोन एमआई ए–३ नेपाली बजारमा ल्याएको हाे। यो फोनको सुरुवाती मूल्य २३ हजार ९ सय ९९ रुपैयाँ रहेको थियाे। फोनमा क्वालकम स्न्यापड्रेगन ६६५ चिपसेट, एमोल्ड सुपर डिस्प्ले, ४०३० एमएएच ब्याट्री, ४८ एमपी ट्रिपल क्यामेरा र इन–स्क्रिन फिंगर प्रिन्ट स्क्यानरलगायत सुविधा उपलब्ध छ। गुगल एन्ड्रोइड वान प्रोजेक्टद्वारा सञ्चालित फोनमा एन्ड्रोइड ९ पाई अपरेटिङ सिस्टिम रहेको छ। फ्ल्यागसिप–लेबल ४८ एमपी एआई ट्रिपल क्यामेरा सेटअप एन्ड्रोइड वानबाट सञ्चालित एमई ए सिरिज उपकरणले स्टिलर क्यामेराको अनुभव प्रदान गर्ने कम्पनीकाे दाबि रहेकाे छ। मोबाइलमा सोनीको ४८ एमपी आइएमएक्स ५८६ सेन्सर, ८ एमपी अल्ट्रावाइड र २ एमपी डेप्थ सेन्सरलगायत विशेषता रहेको छ। मोबाइल काइन्ड अफ ग्रे, नट जस्ट ब्लु र मोर देन ह्वाइट कलरमा उपलब्ध छ। याे ४ जिबी प्लस ६४ जिबी भेरियन्टको २३ हजार ९९९ रुपैयाँ र ६ जिबी प्लस १२८ जिबी भेरियन्टको २७ हजार ९९९ रुपैयाँमा दराज डटकम र सस्तो डिलमार्फत किन्न सकिनेछ।