एजेन्सी– रुस र जापानले चन्द्र सतहमा मानवनिर्मित रोबोट पठाउने लक्ष शुरु गरेका छन्। रुसको एन्ड्रोइड टेक्नोलोजी कम्पनि र जापानको जिटाइले रोबोट बनाउन शुरु गरेका हुन्।
रोबोट चन्द्रमाको नजिक र टाढाको सतहबारे जानकारी लिने उद्देयले निर्माण हुने छ र यसका लागि विभिन्न चरणमा निर्माण गर्ने योजना बनाइएको रसियन न्यूज एजेन्सीकाे एक रिपाेर्टमा उल्लेख गरिएकाे छ।
रुस र जापान मिलेर अन्तरीक्ष रोबोट बनाउने भएपछि खगोलविद्हरुले चासो बढाएका छन्। रुसले अन्तरीक्षमा धेरै पहिले देखि चासो दिएपनि जापानले पछिल्लो समय बढी चासो दिन थालेको हाे।