एजेन्सी– गुगल म्यापले संसारभरबाट १ करोड माइल स्ट्रिट भ्यू इमेजहरु संकलन गरेको छ। १ करोड माइल भनेको पृश्वीलाई ४ सय पटक फन्को मार्न सकिने दुरी हो।
कम्पनीका अनुसार प्रयोगकर्ताले अब गुगल अर्थमा ३ करोड ६० लाख वर्ग माइल क्षेत्र बराबरको स्याटलाइट इमेज हेर्न पाउँछन्। यसले संसारको ९८ प्रतिशत क्षेत्र ओगट्ने छ।
गुगल म्यापको साइड प्रोजेक्टको रुपमा १२ वर्ष अघि स्ट्रिट भ्यू सुरु भएको थियो। अहिले प्रयोगकर्ताले आफूले नपुगेको ठाउँ फोटोमार्फत पुग्न वा नचिनेको ठाउँ चिन्न यसको प्रयोग गर्दै आएका छन्।