एजेन्सी– एप्पलले आफ्नो आईओएस १३.३ को नयाँ अपडेट सार्वजनिक गरेको छ। अहिले संसारभरका प्रयोगकर्ताको लागि यो नयाँ अपडेट उपलब्ध छ। कम्पनीका अनुसार धेरै समस्या समाधान गर्ने प्रयासका साथ यो अपडेटमा गरिएको हो।
प्रयोगकर्ताले आइफोनको सेटिङभित्र गएर जेनेरलमा क्लिक गरी सफ्टवेयर अपडेटमा गएर नयाँ भर्सन डाउनलोड गर्न सक्नेछन्। नयाँ अपडेटमा बालबालिकालाइ लक्षित गरी फेसटाइम वा म्यासेजमा सीमित व्यक्तिको लागि मात्रै उपलब्ध हुने फिचर राखिएको छ।
आइफोनले खिचेको भिडियो सम्पादनको लागि पनि नयाँ फिचर राखिएको छ। यसअघिको अपडेटमा फोटो क्रप गर्दा फोटोजमा सेभ नहुने समस्या पनि समाधान गरिएको छ।
अघिल्लो अपडेटमा जिमेलमा म्यासेज डिलिट नहुने समस्या पनि देखिएको थियो। यो समस्या पनि नयाँ अपडेटले समाधान गर्नेछ। पठाइएको म्यासेज डुप्लिकेट हुने समस्या पनि सम्बोधन भएको कम्पनीले जनाएको छ।