१. बाइस वर्षमा नभएका काम दुई वर्षमा भयो : मन्त्री बाँस्कोटा

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपाल भ्रमण वर्ष २०२० विशेषरूपमा मनाउन लागिएको र यसपछिका वर्ष पर्यटनकै वर्ष हुने बताएको छ। काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–४ स्थित नमोबुद्ध तिमाल समाजद्वारा नेपाल भ्रमण वर्षका अवसरमा शनिबार आयोजित हाफ म्याराथुन प्रतियोगिताको समापन समारोहलाई सम्बोधन गर्दै उनले नेपालको पर्यटन पृथ्वी रहेसम्म चलिरहने छ भने। मन्त्री बाँस्कोटाले भने, ‘नेपालमा पर्यटन पृथ्वी रहेसम्म चलिरहन्छ, हामीसँग अथाह प्राकृतिक स्रोत र सौन्दर्य छ।’ पर्यटन वर्षपछि नेपालमा केही हुन्न भनेर पर्यटन व्यवसायीले नसोच्न उनले आग्रह गरे।
२.अपाङ्गता समाजका काँडा होइन् : कानूनमन्त्री भण्डारी

कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले अपाङ्गता भएका व्यक्तिको सुरक्षामा प्रदेश सरकारले प्राथमिता दिएको जानकारी दिएको छ। राष्ट्रिय अपाङ्ग पुनःस्थापना समाज काठमाडौँद्वारा सुर्खेतमा आयोजित तीनदिने ‘निःशुल्क ह्वीलचियर वितरण तथा प्रशिक्षक तालिम’ कार्यक्रमलाई सम्बोधन गर्दै अपाङ्गता भएका व्यक्तिप्रति समाजको हेर्ने दृष्टिकोमा परिवर्तनको आवश्यकता रहेकोमा जोड दिए। ‘अपाङ्गता भएका व्यक्तिमा पनि विलक्षण प्रतिभा हुन्छ’, उनले भने, ‘त्यसैले उनीहरु समाजका लागि काँडा होइन, फूलजस्तो देखिनुपर्छ।’ मन्त्री भण्डारीले मानव विकास सूचाकाङ्कमा पछाडि रहेको कर्णालीलाई माथि उठाउन आवश्यक रहेकोमा जोड दिँदै उनीहरुलाई उत्पादनशील बनाउनुपर्छ भने।
३. ‘भारतको हेपाहा नीतिविरुद्ध नेपाली जनता एक हुनुपर्छ’

राजनीतिक दलका नेता, समाजसेवी, नागरिक समाजका अगुवा तथा मानवअधिकारकर्मीले नेपाल र भारतबीचको सीमा विवाद कूटनीतिक ढङ्गबाट समाधान गर्नुपर्नेमा जोड दिएका छन्। नेपाल भारत आदिवासी जनजाति मैत्री सङ्घले आज यहाँ आयोजना गरेको ‘नेपाल भूमि सिमाना विवाद’ विषयको अन्तरक्रियामा उनीहरु सन् १८१६ मा नेपाल र बेलायतबीच भएको सुगौली सन्धिलाई प्रस्थानविन्दु मानेर नेपाली भूमिमाथिको स्वामित्व हासिल गर्न सरकारले पहल गर्नुपर्ने बताए। उनीहरुको भनाइ थियो, ‘सरकारले नेपाली भूमि रक्षा गर्ने मामिलामा ठोस पहल गरेको छैन। यो गम्भीर बहसको विषय हो।’ कार्यक्रममा समाजावादी पार्टीकी नेत्री हिसिला यमीले भारतले नेपालको भूमि अनधिकृतरुपमा मिच्न थालेपछि सुस्ता र कालापानीको विषय चर्चाको शिखरमा रहेको बताउँदै वर्तमान दुई तिहाइको बलियो सरकारले नेपाल र भारतबीच शीर्ष तहमा वार्ता गरेर समस्याको समाधान गर्नुपर्ने सुझाव दिए।
४. सिन्धुपाल्चोक बस दुर्घटनामा मृतकको सङ्ख्या १४

दोलखाको कालीञ्चोक तीर्थयात्रा गएर फर्केको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १४ पुगेको छ। लामोसाँघु जिरी सडकखण्डको ६ किलो नजिकै आज बिहान साढे ७ बजे बस सडकबाट १५० मिटर तल खसेर दुर्घटना भएको हो। दुर्घटनामा १३ यात्रुको घटनास्थलमा नै मृत्यु भएको थियो भने एक जनाको उपचारका क्रममा सिन्धु सदाबहार अस्पताल खाडिचौरमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। भक्तपुरको च्यामासिंह क्षेत्रमा सञ्चालन हुने बा२ख ४४६८ नंको बस दुर्घटनामा मृत्यु हुनेमध्ये हालसम्म एक जनाको मात्रै सनाखत भएको छ।
५.सडकमाः पैदलयात्री लापरवाह
काठमाडौंको कोटेश्वरको सडक निकै व्यस्त सडकमध्येको एक हो। चक्रपथ हुँदै गुड्ने अनि भक्तपुर हुँदै काठमाडौंबाट बाहिरीने सवारीको ‘जक्सन’ हो, कोटेश्वर चोक। यहाँ जती भिड सवारीसाधनको देखिन्छ। उत्तिकै भिड पैदलयात्रीको पनि हुन्छ। काेटेश्वरबाट अलि उता बालकुमारीमा बाटो काट्नका लागि आकाशेपुल छ। तर, त्यसको प्रयोग गर्नेहरु भने छिटफुट मात्र भेटिन्छन्। कोटेश्वर नजिकैकाे बालकुमारीमा मात्र होईन, गट्ठाघर, कौशलटार, रानीपोखरी, भोटाहिटीलगायतका स्थानमा रहेका आकाशेपुलको पनि प्रयोग थोरै हुन्छ। सुन्धारा र जमलमा रहेका आकाशेपुल भने अपवाद हुन्। आकाशेपुल मात्र होईन पैदलयात्रुहरु जेब्राक्रसिङको पनि प्रयोग गर्न खासै रुचाउँदैनन्। दिउँसोको करिब २ बजेको थियो। रत्नपार्कको सडकमा गाडिको अत्याधिक चाप देखिन्थ्यो। मान्छेको भिड पनी उत्तिकै।
६.विमानस्थलमा रोकिएका खेलाडीको विरोध

नेपाल अध्यागमन विभागले आफूहरुलाई कजाकिस्तानमा वल्र्ड कजाख कुरेसी च्याम्पियनशीपमा भाग लिन जान रोक लगाएको भन्दै खेलाडीले विरोध गरेका छन्। यहाँ आज आयोजित पत्रकार सम्मेलनमा उनीहरुले यही मङ्सिर २८ देखि शुरु भएको च्याम्पियनशिपमा भाग लिन जानेक्रममा विभागले आफूहरुमाथि रोक लगाएको जानकारी दिएका छन्। प्रतियोगितामा भाग लिनका लागि नेपाली खेलाडी तथा प्रशिक्षक मङ्सिर २६ गते त्यसतर्फ प्रस्थान गर्न लागेकामा विभागले तिनलाई राष्ट्रिय खेलकूद परिषद्को अनुमतिपत्र नभएको भन्दै त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट फिर्ता पठाएको थियो। प्रतियोगितामा भाग लिन प्रशिक्षक गणेशबहादुर कुँवर तथा खेलाडी ७४ केजीमा अनिश बस्नेत, ६६ केजीमा माधव राई, ६० केजीमा अरुण तामाङ र ५५ केजीमा मानजीत लामा त्यसतर्फ जाने कार्यक्रम थियो।
७. मानव तस्करीमा परेकाको ‘जिन्दगीको उडान’

बालबालिकाको हितमा सक्रिय रहँदै आएको संस्था ‘राउन्ड टेबल नेपाल’ ले बाल्यावस्थामा तस्करीमा परी उद्धार भई फर्किएकाहरुको संस्था ‘सर्कस काठमाडौं’ सँगको समन्वयमा ‘जीन्दगीको उडान’ नाम सर्कस प्रदर्शन गरेको छ। माइती नेपालको अध्यक्ष तथा प्रदेश नम्बर ३ को पूर्व प्रदेश प्रमुख अनुराधा कोइरालाको प्रमुख अतिथ्यतामा उक्त सर्कस अपरान्ह साँढे तीन देखि साँढे पाँच बजेसम्म प्रदर्शन भएको थियो। ‘जिन्दगीको उडान’ सर्कसमा महिलामाथि हुने विभिन्न हिंसाहरु र त्यसले उनीहरुमाथि पार्ने नकरात्मक असरहरु देखाइएको थियो। समाजमा समानता ल्याउन, हिंसाविरुद्ध महिलालाई एकजुट भएर लड्न र महिला पुरुषबीचको विभेद हटाउन उक्त सर्कसले उत्पे्ररित गरेको थियो।
८.नेपाली बजारमा बिक्रि भइरहेकाे ५ उत्कृष्ट स्मार्टफाेनहरू

नेपाली बजारमा पनि समयसँगै नयाँ प्रविधि र विशेषता सहितका स्मार्टफोन ल्याएर उपभोक्ताको मन जित्न विभिन्न स्मार्टफोन निर्माता कम्पनीहरुको प्रतिस्पर्धा नै चल्न थालेको छ। उपभोक्ताको रुची अनुसार विभिन्न ब्राण्डका र, विशेषगरी मध्यमस्तरका स्मार्टफोन नेपाली बजारमा बढी बिक्री हुने गरेको बिक्रेताहरु बताउँछन्। व्यावसायीहरुले बताए अनुसार १५ हजार देखि ३० हजार रुपैयाँ मुल्य आसपासका मोबाईलफोन नेपाली बजारमा बढी चल्ने गरेका छन्। नेपाली बजारमा सामसुङ, हुवावे, ओप्पो, एमआई, भिभो, लाभा, एलजी, लेनोभो, पानासोनिक, जिओनी, कलर्स जस्ता ब्राण्डका स्मार्टफोन बढी बिक्री हुने गर्दछ। ति मध्ये २०१९ मा बिक्रि भइरहेकाे ५ उत्कृष्ट स्मार्टफाेनहरू यसप्रकार छन्।
९.सजिलैसँग स्वादिष्ट मटर पनिर बनाउने तरिका

सबैभन्दा पहिला एउटा प्यानमा तेल तताउनुहोस् र तताएको तेलमा काटेको पनिरलाई गोल्डेन ब्राउन नहुन्जेल सम्म तेलमा फ्राई गर्ने र अलगै अर्को प्लेटमा निकालेर राख्ने। त्यसपछि त्यहीँ प्यानमा अलिकति तेल तताइ, जीरा फुराएर प्याज र लसुनअदूवाको पेस्टलाई फ्राई गर्नुहोस्। त्यसमा बेसर, खुर्सानी, नुन तथा मसला सबै हालेर मज्जाले तेल ननिस्किएसम्म फ्राई गर्नुहोस्। त्यसपछि, पिसेर राखेको टमाटर र उसिनेको मटरलाई राखेर मज्जाले भुट्नुहोस्। त्यसपछि अलिकति पानी राखेर मिडियम हिटमा राखेर ५ मिनेट पकाउनुहोस्, पानी अलि सुकेपछि तयार गरिएको पनिरलाई मिसाएर, दुई चम्चा क्रिम पनि हालेर २ देखि ३ मिनेटसम्म उमाल्नुहोस्। अन्त्यमा यसलाई हरियो धनियाले सजाएर स्वादिलो गरी खाना सँग मजाले खानसक्नुहुनेछ।
१०.अमिरको फिल्म खेल्न करिनाले दिईन् अडिसन

बलिउडकी चर्चित नायिका करिना कपुर बलिउडमा केही बर्ष अघिसम्म नम्बर १ नायिकाको रुपमा राज गरिरहेकी थिईन्। उनको समयमा उनले बलिउडमा हैकम जमाएकी थिइन्। आज, उनको क्रेज पहिलेको जस्तो त छैन तर गुमेको पनि छैन।उनै, नायिकाले आफ्नो १९ बर्ष लामो बलिउड करिअरमा अडिसन दिएर चलचित्रमा काम गरेकी थिइनन्। तर, पहिलो पटक उनले चलचित्र
‘लाल सिंह चड्डा’ का लागि अडिसन दिएकी थिइन्।