काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।
आज विहान ट्वीटरमा प्रधानमन्त्री ओलीले बितेका दुई दिनमा प्रतिभावन दुई कलाकार केशव भट्टराई र दीपक क्षेत्रीलाई गुमाएको भन्दै श्रद्धाञ्जली व्यक्त गरेका हुन्। उनले शोकाकुल परिवारजन र आफन्त गहिरो समवेदना व्यक्त गरेका छन्।
आइतबार बेलुका चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको निधन भएको थियाे। उनको हृदयाघातका कारण निधन भएको हो। भट्टराईको आजै पशुपति आर्यघाटमा अन्तेष्टि गरिनेछ।