एजेन्सी– बंगलादेशका विदेशमन्त्री अब्दुल मोमेनले भारतसँग अवैध बंगलादेशी नागरिकको सूची दिन आग्रह गरेका छन्।
मोमेनले जनसत्तासँगको एक अन्तर्वार्तामा भनेका छन् ‘‘हामीले भारतलाई अनुरोध गरेका छौं। भारतमा अवैध रूपमा रहेका बंगलादेशी नागरिकको सूची छ भने त्यो उपलब्ध गराएर ती व्यक्ति हामीलाई फिर्ता ल्याउन दिइयोस्।’’
भारतमा एनआरसीको सवालमा जवाफ दिँदै मोमेनले बंगलादेश र भारतको सम्बन्ध सामान्य तथा निकै राम्रो रहेको उल्लेख गर्दै यसमा कुनै असर नपर्ने समेत जनाएका छन्। मोमेनले व्यस्त कार्यक्रमको हवाला दिँदै भारतको भ्रमण गएको बिहीबार रद्द गरेका थिए।बीबीसी