ताप्लेजुङ– प्रहरीले हिमपातमा फसेका ११ जनाको सकुसल उद्धार गरेको छ। ताप्लेजुङको फुङलिङ नगरपालिका–११ स्थित पाथिभरादेवी मन्दिर परिषरबाट हिमपातमा फसेका ७ जना भारतीय नागरीक र ४ जना नेपाली नागरीक सहित ११ जनालाई प्रहरीले उद्दार गरी गन्तब्य स्थलसम्म पुर्याएको हो।
गत २८ गते बिहान मन्दिर परिषरमा हिमपातमा परेर दर्शनार्थीहरू फर्किन नसकेपछि अस्थायी प्रहरी चौकी माथिल्लो फेदीबाट खटिएको प्रहरीको टोलीले स्थानीयवासी समेतको सहयोगमा बाटोमा रहेको हिउँ हटाई उद्दार गरेको हो।
यसरी उद्धार गरिनेमा मोरङको उर्लाबारी नगरपालिका–९ बस्ने रमेश कार्की, तारा कार्की, हनमोल कार्की, सुवाश थापासहित भारतको सिकिम मनिपुर घर भएका ग्याल्जेन भोटेसमेत ७ जना गरी जम्मा ११ जनालाई सोही दिन अपरान्ह ४ बजेको समयमा गन्तब्य स्थलसम्म पुर्याउन सफल भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।