काठमाडौं – काभ्रे जिल्लाको बनेपास्थित अपाङ्ग बाल अस्पताल पुनस्थापनाका लागि सिद्धार्थ बैंकले आर्थिक सहयोग गरेकाे छ। बैंकका अध्यक्ष मनोज कुमार केडियाले दश लाख रुपैयाँ पुनस्थापना केन्द्रका कार्यकारी निर्देशक विवेक बास्कोटालाई प्रदान गरेका हुन्।
बारा र पर्साका बाल अस्पताल तथा पुनस्थापना केन्द्र्लाइ शारीरिक अशक्तता भएका बालबालिकाको आवश्यक शल्यक्रिया , फिजियोथेरापी सामाग्री प्रदान गर्ने कार्यका लागि संस्थागत सामाजिक बैंकले उक्त सहयोग रकम प्रदान गरेकाे हाे।
बारा र पर्सा जिल्लाका २०० अपाङ्ग बाल बालिकाको उपचारमा सहयोग पुग्ने बैंकले विश्वास लिएका छ। सबै क्षेत्र र वर्गसम्म सेवाको पहेच पुर्याउने उद्देश्य बैंकले देशभर १ सय ७५ वटा शाखा –४ एक्स्टेन्सन् काउन्टर सहित,१ सय १ शाखा, बैंकिङ्ग सेवा,१ सय ९५ एटिएम र १६०० १,६०० भन्दा बढी पिओएस मेसिन उच्चस्तरिय बैैकिङ्ग सेवाप्रदान गर्दै आएका छन्।