तेह्रथुम– प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालले प्रहरीले राम्रो काम गरेर नै जनताको मन जित्नुपर्ने बताएका छन्। सोमबार जिल्ला प्रहरी कार्यलय तेह्रथुमको नवमिर्तित भवन उद्घाटन गर्ने क्रममा उनले जनताको विश्वास जित्न सकेमात्र प्रहरी सफल हुने बताए। नवनिर्मित संरचनाले प्रहरीको मनोबल बढाउनुका साथै सेवा प्रदान कार्यमा पनि सघाउ पु¥याउने आइजीपी खनालले विश्वास व्यक्त गरे।
प्रहरीको भौतिक संरचना सुधारमा नेपाल सरकार र स्थानिय तहहरुको योगदान सराहनीय रहेकोका आभार व्यक्त गरे। खनालले प्रहरीले उल्लेखनीय काम गरेतापनि साना तिना असफलतालाई लिएर प्रहरी प्रशासनमाथि अनैतिक प्रहार हुने गरेकोमा दुःख व्यक्त गर्दै भने, ‘समुदाय प्रहरी साझेदारी मार्फत बढेको जनविश्वास र जनअपेक्षा कायम राख्न प्रहरीलाई चुनौति थपिएको छ।’
आइजीपी खनालले प्रहरी विवेकपूर्ण निर्ममता र कानुनी कठोरताको नितिमा अगाडि बढेको स्मरण गराए। खनालले दण्ड र पुरस्कारको नितिलाई प्रभावकारी बनाइएको जानकारी दिँदै समाजविरोधि तत्वलाई नागरिकससँग मिलेर कारवाही गर्न समय कुर्नु नहुने जनाए।
पहुँच र ओहदाको आधारमा अपराध गर्ने छुट कसैलाई नहुने स्पष्ट पार्दै शान्ति, सु–व्यवस्था कायम गर्दै र कानुनी राज्यलाई सदैव अवलम्बन गर्न आफू र प्रहरी प्रशासन तयार रहेको उनले जानकारी दिए।