काठमाडाैँ– चिनियाँ मोबाइल निर्माता कम्पनी ह्वावेले नेपाली बजारमा हुवावे मेट ३० प्रो सार्वजनिक गरेको छ।कम्पनीले आफ्नै इन्टेलिजेन्ट इकोसिस्टममा आधारित फ्यागशिप स्मार्टफोन मेट ३० प्रो सार्वजनिक गरेको हो।
३२ मेगापिक्सेलको फ्रन्ट क्यामेरा भएको यो स्मार्टफोनमा ४५ सय एमएएचको ब्याट्री सहित फास्ट चार्जको सुविधा रहेको छ। यसमा ६.५३ इन्चको फुल एचडी प्लस सुपर एमोलेड डिस्प्ले रहेको छ।
किरिन ९९० चिपसेट प्रयोग गरिएको मेट ३० प्रोमा ८ जीबी र्याम र २५६ जीबी इन्टर्नल स्टोरेज रहेको छ। यसमा अपरेटिङ सिस्टम गुगलका सेवा बिना एन्ड्रोइड १० तथा ईएमयूआई १० प्रयोग गरिएको छ र ४ वटा रियर क्यामेरा रहेका छन्।
जसमा ४० मेगापिक्सेल सिने क्यामेरा सहितको उच्च स्तरको क्वाड क्यामेरा प्रणाली, ४० मेगापिक्सेल सुपरसेन्सिङ क्यामेरा, ८ मेगापिक्सेलको टेलिफोटो क्यामेरा तथा थ्रीडी डेप्थ सेन्सिङ क्यामेरा जडित छ।
कम्पनीले नेपाली बजारमा यसको मूल्य १ लाख २० हजार तोकेको छ।