एजेन्सी– अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) ले टेष्ट क्रिकेट खेलाडीकाे वरियाता सार्वजनिक गरेको छ। नयाँ वरियतामा भारतीय टिमका कप्तान विराट कोहली शीर्षस्थानमा रहेका छन्। दोस्रो स्थानमा भने अष्ट्रेलियाका पूर्व कप्तान स्टीभ स्मिथ रहेका छन्।
कोहलीले वरियतामा ९ सय २८ अंक पाएका छन् भने दोस्रो स्थानमा रहेका स्मिथको ९ सय ११ अंक छ। तेस्रो स्थानमा भने केन विलियमसन छन्। उनले ८ सय ६४ अंक पाएका छन्।
१) विराट कोहली
२) स्टिभ स्मिथ
३) केन विलियमसन
४) चेतेश्वर पुजारा
५) मार्नस लबुस्चाङे
६) अजिङ्गा राहने
७) डेविड वार्नर
८) जाेइ रूट
९) बाबर अजम
१०) दिमुथ करूणारत्ने
