काठमाडाैँ– इलेक्ट्रोनिक्स ब्राण्ड सि.जि.ले जाडोलाई लक्षित गर्दै हरेक सि.जि.को फ्रन्ट लोड वासिङ्ग मेसिनको खरिदमा अब सि.जि.को आकर्षक इलेक्ट्रिक हिटर उपहार स्वरुप उपलब्ध गराएको छ। वासिङ मेसिन खरिदमा एउटा इलेक्ट्रिक हिटर सित्तैमा दिने अफर ल्याएको हाे।
कम्पनीका अनुसार छिटो छरितो धुलाइको साथ साथै अत्याधुनिक प्रविधिसहितको ३६० डिग्री डाइमेन्सनल क्लिन केयरको सुविधासहित फ्रन्ट लोड वासिङ मेसिनमा दश वर्षसम्मको वारेन्टी रहेको कम्पनीको भनाइ छ।
सि.जि. वासिङ्ग मेसिनले चिसोको समयमा कपडा धुने कामलाई सहज बनाउनका साथ साथै हिटरले न्यानो प्रदान गराउने उद्देश्यले यस योजना ल्याइएको कम्पनीले जनाएको छ।