काठमाडाैँ– इलेक्ट्रीक कार निर्माता कम्पनी टेस्लाले इलेक्ट्रिक डर्ट मोटरसाइकल निमार्ण गर्ने भएकाे छ। हालैमात्र साइवर ट्रक शोकेस गरेर चर्चा बटुलेको टेस्लाले फेरि इलेक्ट्रिक डर्ट बाइक बनाउने जानकारी इलन मस्कले ट्वीटर मार्फत ट्वीट गर्दै दिएका हुन।
एक ट्वीटर ह्यान्डले इलन मस्कलाई ट्वीट गरि इलेक्ट्रिक एटीभीको बारेमा सोधेका थिए। उनले उक्त ट्वीटलाई रिप्लाइ गर्दै एटीभी २०२२ मा साइबर ट्रक एटीभी ग्राहकले किन्न सक्ने बताएका छन्। साथै उनले इलेक्ट्रीक डर्ट मोटरसाइकल समेत निमार्ण गर्ने बताएका छन्।
साथै टेस्लाले रोड बाइक नबनाउने समेत जानकारी दिएका छन्। यसको कारण उनलाई १७ बर्षको उमेरमा मोटरसाइकल चलाउँदा ट्रकले ठक्कर दिएको समेत बताएका छन्।
लक्जरियर इलेक्ट्रिक कार निमार्ताका रुपमा रहेको टेस्लाले बनाउने इलेक्ट्रिक डर्ट बाइक भने कस्तो होला भन्ने कौतुहलता मोटरसाइकल पारखी माझ नयाँ तरङग छाएको छ।