काठमाडौं– सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा फ्रेन्ड्स क्लबविरुद्ध त्रिभुवन आर्मी क्लब विजयी भएको छ। सोमबार भएको खेलमा आर्मीले फ्रेन्ड्स क्लबलाई २–१ गोलले पराजित गरेको हो।
सोमबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आर्मीको जितमा नवयुग श्रेष्ठ र दीनेश हेन्जनले गोल गरेका थिए भने फ्रेन्ड्स क्लबका शक्ति राईले एक गोल फर्काएका थिए।
खेल शुरु भएको चौथो मिनेटमा नै आर्मीले अग्रता बनाएको थियो। उसका लागि नवयुग श्रेष्ठले गोल गरेका थिए। खेलमा पहिलो हाफ १–० गोलमा सकिएको थियो। दोस्रो हाफको शुरुवाती अवस्थामा नै फ्रेन्ड्सले बराबरी गोल फर्कायो। उसका लागि ५१ औं मिनेटमा शक्ति राईले गोल गरेका थिए।
बराबरीतर्फ अग्रसर भएको खेलमा आर्मीले गोल गर्दै स्पष्ट जित निकाल्न सफल भयो। उसका लागि खेलको ८१ औं मिनेटमा बिमल पाण्डेको हेडर पासमा दिनेश हेन्जनले गोल गरेका थिए। जितसँगै आर्मीले ३ अंक जोड्दै प्रतियोगितामा शुखद शुरुवात गरेको छ।