एजेन्सी– सुजुकीको प्रिमियम मोटरसाइकल हायाबुसाको नयाँ संस्करण भारतमा सार्वजनिक भएको छ। कम्पनीले बुसाको २०२० सस्करण भारतीय बजारमा सार्वजनिक गरेको हो।
कम्पनीले यो मोटरसाइकललाई दुई कलरमा ल्याएको छ। मेटालिक थन्डर ग्रे र क्यान्डी डेरिङ रेडमा उपलब्ध सो सुपरबाइक बीएस–४ इन्जिनमै सार्वजनिक गरेको छ। बुसामा पुरानै इन्जिना रहेको छ।
यसमा १३४० सीसी इनलाइन ४ सिलिन्डर, लिक्वीड कूल्ड, एफआई इन्जिन रहेको छ, यो इन्जिनले १९७ बीएच पावर तथा १५५ एनएम टर्क जेनेरेट गर्छ। यो इन्जिनमा ६ स्पीडको गियरबक्स जडान गरिएको छ। यसको फ्रन्टमा डबल तथा रियरमा सिगंल डिस्क ब्रेक उपलब्ध छ भने डबल च्यानल एबीएस उपलब्ध रहेको छ।
यसको एक्स शोरुम मूल्य १३ लाख ७४ हजार भारु तोकेको छ ।